एजेन्सी
बरेली । भारत उत्तर प्रदेशको बरेलीमा दुई जना बालिकामाथि पुरुषहरुको समूहले एसिड प्रहार गरेको छ ।
उपचारका लागि अस्पताल भर्ना गरिएका ती बालिकाहरुको अवस्था गम्भीर रहेको अनुसन्धानमा खटिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशमा योगी सरकार आएपछि पनि कानुनी व्यवस्था कडाईका साथ लागू हुन सकेको छैन । यस्ता घटनाहरु नियन्त्रण गर्न नसकिदा दिनप्रतिदिन बढी रहेका छन् । उत्तर प्रदेशमा दिनहुँ यस्ता हत्या हिंसा र बलात्कारका घटनाहरु घट्ने गरेका छन् ।