विश्वको प्रदूषित सहरमा काठमाडौं एक नम्बरमा

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

काठमाडौं । विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो नम्बरमा परेको छ। एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको सूचीअनुसार विश्वको प्रदूषित सहरमा काठमाडौं फेरि एक नम्बरमा परेको भएको हो ।

यसअघि गएको चैत २७ गते पनि काठमाडौं उपत्यकाको वायु प्रदूषणका दृष्टिले विश्वको एक नम्बर सहर बनेको थियो। आज काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २०६ छ। प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।

त्यसैगरी १०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने, १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थकर वायु, २०१ देखि ३०० सम्मको एक्यूआई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट