आजदेखि नयाँ वर्ष २०८१ सुरु

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

काठमाडौं । आज नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको पहिलो दिन । नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष २०८१ लाई स्वागत गरिरहेका छन् ।

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहीआएको छ । नयाँ वर्षको पहिलो दिन आज बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठोमीठो खानेकुरा खाने, साथीभाईसँग भेटघाट गरी एक आपसमा शुभकामनाआदानप्रदान गर्ने गर्दछन् ।

विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष लागेको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । नेपालमा मात्र मौलिक रुपमा यो सम्वत् चल्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट