मुस्लिम धर्मावलम्बीहरूले ईद मनाउँदै

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

काठमाडौं। इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईद पर्वमा अल्लाह (भगवान्)का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।

ईदका दिन नयाँ लुगा लगाउने, सामूहिकरुपमा नमाज पढेर सेवइबाट बनेको खिर खाएर यो पर्व मनाइने गरिन्छ ।

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट