प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

काठमाडौं । फागुन ३० गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।

गठबन्धन फेरिएसँगै प्रमुख प्रतिपक्ष दल बनेको कांग्रेसले आफ्ना सांसदहरुलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो। सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि सूचना जारी गरेका हुन्।

कांग्रेस सम्मिलित गठबन्धन तोडेर यही फागुन २१ गते नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धनले साथ दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट