पशुपतिनाथमा भक्तजनहरुको घुइँचो

प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । आज शिवरात्री पर्व, शिवालयहरुमा भगवान शिवको पूजा-आराधना गरी देशभर शिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्री पर्व भगवान शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाउने गरिन्छ।

आज शिवभक्तहरु व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन। आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा धुनी जगाई भजनकीर्तन गर्ने चलन छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा यतिबेला दर्शनार्थीको घुइँचो लागेको छ। पशुपतिनाथ मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो ।

यस वर्षको महाशिरात्रीमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट