सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

काठमाडौं । बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ८ वर्ष कैद सजायका साथै उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ।

पुस १३ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय तोक्नका लागि आज पुस २५ गतेको मिति तोकेको थियो । सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन् ।

गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो। पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ। आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले सन्दीपविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। गौशाला २६ घटनाका बेलामा १८ वर्ष पुगेको अदालतले ठहर गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट