ईपीएस परीक्षामा इच्छुक सबैलाई सामेल गराउन अदालतको आदेश

प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

काठमाडौं । उच्च अदालत पाटनले ईपीएस परीक्षामा इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको छ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले कोरियन भाषाको ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई सामेल गराउन आदेश दिएको हो।

अदालतले यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिए पनि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिएको थियो।

बाँकी परीक्षार्थीले आवेदन भर्न नपाएपछि शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।

मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य व्यक्तिहरु घाइते भएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट