देशको अर्थतन्त्र बिग्रँदै जाँदा युवाहरू विदेशीने क्रम बढ्यो : केपी ओली

प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बिग्रँदै जाँदा युवाहरू विदेश पलायन हुने क्रम बढ्दै गएको बताएका छन् ।

अध्यक्ष ओलीले नेपालमा सम्भावनाहरु धेरै हुँदा पनि युवाहरू देशमा नबस्ने वातावरण बनेको बताएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा आफूले युवाको संख्या कमै मात्रै देखिएका बताए ।

हाम्रो भ्रमणका क्रममा हाम्रै समुदायमा आउँदा पनि ४० प्रतिशत युवाहरू सभामा देखिए। कमै युवा मात्रै देखिए। सम्भावनाहरु धेरै छन्। एउटा चुनौती भनेको युवाहरू देशमा नबस्ने भएको छ,’ ओलीले भने ।

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डोत्तलन गरी सुरु भएको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएको थियो । संकल्प यात्राका क्रममा एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट