शतबीज छरेर मनाईयो बालाचतुर्दशी पर्व

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

काठमाडौं । आज बालाचतुर्दशी पर्व, पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सम्झनामा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइने गरिन्छ ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनहरुले आज बिहानै दिवङ्गत पितृको सम्झनामा शतबीज छरेका हुन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने गरिन्छ ।

पशुपतिनाथ मन्दिर आउन नसक्ने भक्तजनले भने आ–आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेका छन् । बालाचतुर्दशी पर्व मनाउन देशभरबाट आएका भक्तजनहरुको पशुपति मन्दिरमा भीड लागेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट