विप्लवसहित चार जनाविरुद्ध पक्राउ पूर्जी जारी

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

काठमाडौं । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले राज्यविरुद्धको कसुरका दुई मुद्दामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पूर्जी जारी गरेको हो।

२०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सु-सम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ । त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरूलाई आफैं अदालतमा उपस्थित हुन भनिएको छ।

यो सूचना जारी भएको मितिले बाटाको म्यादबाहेक ३५ दिनभित्रमा आफूसँग भएका प्रमाणसहित आफैँ उपस्थित हुन अदालतले जारी गरेको सूचनामा भनिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट