सबै दलसँग सहमति गरेर नै टिकटक बन्द गर्ने निर्णय गरियो : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो छलफल र सबै दलको सहमतिका आधारमा टिकटक बन्द गर्ने निर्णय गरिएको बताएका छन् ।

नेपाल संवत् ११४४ का अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्‌भाव र पारिवारिक एकता बचाउन सबै दल र पक्षको सहमतिमा टिकटक बन्द गर्ने निर्णय गरिएको बताएका हुन् ।

देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो, सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो’, उनले भनेका छन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको थियो ।

टिकटक बन्द गराउने सरकारको निर्णयको कतै स्वागत गरिँदै छ भने कतिले विरोध गरिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट