सरकारको निर्णय : भूकम्पमा मृत्यु भएका परिवारलाई २ लाख राहत, घाइतेको निःशुल्क उपचार

प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लाका १५७ जनाको मृत्यु भएको थियो। सरकारले पहिलो चरणमा राहतस्वरूप प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन कर्णालीको प्रदेश राजधानी सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाइ खोज, उद्धार र राहतका सम्बन्धी काम एकद्वार प्रणालबिाट गर्ने निर्णय गरेको छ ।

यसका साथै बैठकले राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट