बौद्धिक वृत्त नेपालद्वारा ‘संविधान दिवस र आममाफीको व्यवस्था’ विषयक कार्यक्रम आयोजना (भिडियोसहित)

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

काठमाडौं । बौद्धिक वृत्त नेपालले संविधान दिवस र आममाफीको व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम तथा दशैँ, तिहार, छठ, नेपाल संम्वतका अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बौद्धिक वृत्त नेपालद्वारा अनामनगरस्थित मदन भण्डारी कलेजमा आयोजित ‘संविधान दिवस र आममाफीको व्यवस्था’ कार्यक्रममा बौद्धिक वृत्त नेपालका अध्यक्ष भरत पोख्रेल, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता एस।के।तिम्सिना, वरिष्ठ अधिवक्ता प्रा।डा।लक्ष्मी मैनालीलगायत विभिन्न विधाका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संविधान अनुरूप दिन मिल्ने आममाफीलाई स्वार्थीपूर्तिको माध्यम बनाई चरम दुरुपयोग गरिएको आरोप विज्ञहरूले लगाएका थिए । संविधानको रक्षकले नै पुनर्विचार नगरी अपराधीलाई आममाफी दिँदा यसले राष्ट्रपतिको विवेकमाथि प्रश्न उठाएको उनीहरूको जिकिर छ । आममाफी दिने व्यवस्थाले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उब्जिएको उनीहरूको टिप्पणी थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट