रिपोर्टर नेपालका श्रब्य-दृश्य सल्लाहकार बस्नेत पुरुस्कृत

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

काठमाडौं। सिजन मिडियाले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड-२०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए।

विभिन्न विधामा अवार्ड वितरण गरिएको कार्यक्रममा आइकोनीक मुभी पर्सनालिटी अवार्ड वरिष्ठ कलाकार निर विक्रम साह, आइकोनीक हेल्थ प्रोफेशनल अवार्ड डा. भगवान कोइराला, आइकोनीक सेफ अवार्ड सेफ सन्तोष शाह, बैङ्किङ सिइओ अफ दि इयर बैंकर किरणकुमार श्रेष्ठ, टुरिजम लिडर अवार्ड सुमन पाण्डे, आइकोनीक एभियसन प्रर्सनालिटी अवार्ड क्याप्टेन विजय लामा, उत्कृष्ट मिडिया प्रर्सनालिटी अवार्ड वरिष्ठ पत्रकार सम्भू श्रेष्ठ ,उत्कृष्ट महिला उद्यमी अवार्ड श्रीमती विदुशी राणा,भर्सटायल सिङ्गर आनन्द कार्की ,उत्कृष्ट हस्पिटालीटि सर्भिस अवार्ड अभिशेक विक्रम शाह, उद्यमशीलता उत्कृष्ट अवार्ड बद्रि खनाल ,उत्कृष्ट युवा उद्यमी अवार्ड करण चौधरी, उत्कृष्ट पत्रकारिता अवार्ड सविन धमला, सिनेमाटोग्राफर अफ दि ईयर अवार्ड अशोक कुमार बस्नेत, युवा उद्यमी अवार्ड सागर ढकाल, मिडिया पर्सनालिटी अवार्ड गिता श्रद्धा अर्याललाई दिइएको थियो ।

कार्यक्रममा नेपालबाट विदेशमा गई आफूलाई व्यवसायीको रुपमा स्थापित गराउन सफल व्यवसायीहरु कतारका डायसपोरा बिजनेश अवार्डबाट राजेन्द्र कुमार शर्मा आरके, जलविद्युत उद्यमी अवार्ड मलेसियाका खगेन्द्र न्यौपाने, प्रभावशाली युवा उद्यमी अवार्ड अस्ट्रेलियाका स्वतन्त्रप्रताप शाह, युथ लिडरसिप अचिभर्स अवार्ड जापानका येवा व्यवसायी सुलन थापालाई प्रदान गरिएको थियो । सिजन मिडियाले एसियन मुलुकका विभिन्न व्यवसायिक व्यक्तिवहरुलाई पनि नेपालमा आमन्त्रण गरी विभिन्न विधामा अवार्ड वितरण गरेको यियो । जसमा अन्तर्राष्ट्रिय विज्ञ अवार्ड डा. नेहाल मयूर भारत, मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्ड रथचाफोल सुवानचोट थाइल्याण्ड, र यू क्याव मायो मिन म्यान्मार, उत्कृष्ट शान्ति र मानवीय सेवा अवार्ड सोमचाई चत्री थाइल्याण्ड, ड्रामा फर सोसियल एक्सिलेन्स अवार्ड जुल्पकावत श्रीसुवुन थाइल्याण्ड, उत्कृष्ट मिडिया प्रोफेसनल अवार्ड होउ झिहोङ चीन, उत्कृष्ट अन्तर्राष्ट्रिय व्यावसायिक प्रशिक्षक डा. स्टीवन खाव मलेशिया, मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्ड फैजल रजा खान पाकिस्तान, सामाजिक कार्यकर्ता पुरस्कार श्रीमति सोक्चान लुन कम्बोडियन लाई प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रममा विशेष अतिथि माननीय शहरी विकासमन्त्री सीता गुरुङ, विभिन्न दलका सांसदहरु गणेश पराजुली, रामहरि खतिवडा, राजेन्द्र पाण्डे, हितराज पाण्डे, एकनाथ ढकाल साथै व्यवसायीहरु एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाल, पन्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठलगायत अन्य व्यवसायिक व्यतित्वहरुको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट