इजरायलमा ज्यान गुमाएका १० नेपालीको परिवारलाई १० लाख रुपैयाँ राहत दिइने

सरकारद्वारा मंगलबार राष्ट्रिय शोकको घोषणा

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

काठमाडौं । सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि सार्वजनिक बिदा भनिए पनि सरकारले मंगलबार बिदा नदिएको उनले प्रष्ट पारिन् ।

यसका साथै दुर्घटनामा निधन भएका १० जना नेपालीको परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। अहिले इजरायली सेनाले बंकरमा लुक्दै आएका अलपत्र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सार्न थालेको छ । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट