बडादशैँको दोस्रो दिन

शक्तिपीठहरूमा ब्रह्मचारिणी माताको पूजा गरिँदै

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

काठमाडौं । बडादशैँको दोस्रो दिन आज देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ ।

घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने परम्पराअनुसार आज दोस्रो दिन देवी दुर्गाका स्वरूपमध्ये एक ब्रम्हचारिणी भगवतीको पूजा गरिन लागेको हो ।

ब्रह्मचारिणी देवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ । भक्तिको प्रतीक मानिने ब्रहमचारिणी देवीको पूजा गर्नाले ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रमा उल्लेख छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट