बडादशैँको छैठौं दिन, कात्यायनी देवीको पूजा गरिँदै

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं । बडादशैँअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी भगवतीको पूजा गरिँदै छ । अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन रहेको छ । कात्यायनीले नै महिशासुरको बध गरेको शास्त्रीय मान्यता छ ।

दशैँमा नौ दिनसम्म शक्तिपीठ तथा दशैँघरमा पूजा अर्चनासहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।

बडादशैँको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट