आज महानवमी, दुर्गा भवानीको विशेष पूजा गरी मनाइँदै

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

काठमाडौं । आज बडादशैँको नवौ दिन, महानवमी । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा आज दुर्गा भवानीको विशेष पूजाआजा गरी बली दिएर मनाइँदै छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई बध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरी महानवमी मनाइन्छ । अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

पशुबली नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललगायतकोबली दिने गर्दछन् । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

आजै वर्षमा एकपल्ट मात्र खोलिने काठमाडौंको बसन्तपुरस्थित तलेजु भवानी मन्दिर पनि पूजाआजा तथा दर्शनका लागि खुल्ने गर्दछ ।

आज बडा दशैँको आठौ दिन महाअष्टमी, शक्तिपीठहरुमा बली चढाइँदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट