हनुमानढोकामा ठड्याइयो इन्द्रजात्राको लिंगो

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो मंगलबार बिहान ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो।

भाद्र शुक्लपक्ष अर्थात यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात इन्द्रध्वज लिंगो मंगलबार हनुमानढोका दरबार परिसरमा ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो।

काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक सुरुवात इन्द्रको मूर्तिस्वरूप लिंगो ठड्याएर गरिन्छ। लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

इन्द्रजात्राको मुख्य दिन असोज ११ गते परेको छ । यस दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट