सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आइतबारदेखि विद्यालय खुल्ने

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुका बीचमा सहमति भएको छ । शिक्षा विधेयकको विरोधमा तीन दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरुले सरकारसँग सहमति भएपश्चात आन्दोलन फिर्ता लिँदै आइतबारदेखि देशभरका विद्यालय खोल्ने भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको जानकारी दिइन् ।

शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ, सरोकारवाला मन्त्रालयका सचिवहरू लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट