नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि, देशभर सार्वजनिक बिदा दिइने

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषदको आकस्मिक बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै उनले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ । नेम्वाङका दुई छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट