रिटर्नी फेडेरेसन बागमति प्रदेशको आयोजनामा ‘महानगर’ को च्यारिटी शो सम्पन्न (भिडियोसहित)

प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

काठमाडौं । रिटर्नी फेडेरेसन बागमति प्रदेशको आयोजनामा चलचित्र ‘महानगर’ को च्यारिटी शो गरिएको छ । चलचित्र निर्मात्रीका रुपमा आफूलाई प्रस्तुत गरेकी रिटर्नी ओम चेम्जोंग र मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ को साउन २७ गते शनिबार चावाहिलस्थित चलचित्र विकास बोर्डको हलमा विशेष च्यारिटी शो आयोजना गरिएको हो ।

रिटर्नी फेडेरेसन बागमति प्रदेशको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारी, विशेष अतिथिमा नेकपा एमाले बागमति प्रदेश कमिटिका सदस्य एवम् रिटर्नी फेडेरेसन नेपाल बागमति प्रदेशका ईन्चार्ज पर्शुराम बस्नेत, चलचित्र निर्देशक मोहन राई, अतिथिहरुमा रिटर्नी फेडेरेसन नेपाल केन्द्रीय कमिटिका उपाध्यक्ष शालिक बस्याल, केन्द्रीय उपाध्यक्ष काजी थापा, केन्द्रीय कोषाध्यक्ष जितेन्द्र बाँनिया, केन्द्रीय सचिव नवराज श्रेष्ठ, स्थायी समिति सदस्य एवम् उद्यमशिलता विभागका सचिव शुभेच्छा म्याङ्बो, काठमाडौं जिल्ला कमिटिका अध्यक्ष बसन्त भण्डारी, स्थायी समिति सदस्य सीता बस्याल, मिडिया पार्टर रिपोर्टर नेपालका तर्फबाट सम्पादक रेनु कार्की, अशोककुमार बस्नेत र खड्ग बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

रिटर्नी फेडेरेसन बागमति प्रदेशका अध्यक्ष हेम राईले संचालन गरेको कार्यक्रममा बोल्दै निर्मात्री ओम चेम्जोंगले उक्त च्यारिटी शोबाट संकलन भएको रकम दु:ख पाएका रिटर्नीहरुको सहयोगार्थ खर्च गर्ने बताइन् । यस्तै निर्देशक मोहन राईले चलचित्र निर्माणका क्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै भदौ ८ गतेदेखि चलचित्र महानगर सिनेमा हलहरुमा प्रदर्शन हुन गइरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि उत्तम अधिकारीले सम्पूर्ण रिटर्नी साथीहरुका तर्फबाट सम्बोधन गर्दै चलचित्र सफलताको शुभकामना व्यक्त गरे ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘महानगर’ मा विभिन्न सपना बोकेर काठमाडौं भित्रिने युवापुस्ताको संघर्षलाई देखाउन खोजिएको छ । मिडल–वे फिल्म्सले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ भने कार्म र मेनुकासँगै अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायतका कलाकारको पनि अभिनय रहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट