अज्ञात समूहद्वारा जुम्लाका ७ घरमा आगजनी

प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

जुम्ला । अज्ञात समूहले जुम्लाको गुठीचौर गाउँपालिका–४ का करिब ७ वटा घरमा आगजनी गरेका छन्।

शुक्रबार राति करिब १० देखि १२ बजेको समयमा आएका अज्ञात समूहले गुठीचौरका ५ देखि ७ वटासम्म घरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घरमा आगो लागेको पीडितले थाहा पाएपछि आगो लगाउने समूह भागेको थियो। त्यसपछि पीडितहरुले प्रहरीलाई खबर गरेका थिए। क्षतिको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीका अनुसार आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन। आगजनी एउटै गाउँमा नभई विभिन्न गाउँका घरमा भएको प्रहरीले जनाएको छ।

आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको बताइएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट