सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। स्वचालित मूल्य प्रणालीअन्तर्गत डिजल र पेट्रोलको मूल्य घटेसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

घटेको भाडादर आजदेखि लागू हुने र त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्ने विभागले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट