साउन १ गतेबाट हवाई भाडा ६ प्रतिशतले बढ्ने

प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

काठमाडौं । साउन १ गतेबाट हवाईसेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भोलिदेखि आन्तरिक उडानमा भ्याटसहितको हवाई भाडादर ६ प्रतिशतले बढ्ने भएको छ ।

वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले नयाँ भाडादर पहिलाको तुलनामा करिब ६ प्रतिशतले बढ्ने जनाएको छ ।

सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्‍य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेसँगै वायुसेवा संचालक संघले सोमबारबाट मूल्य अभिवृद्धि करसहितको भाडादर लागू गर्ने जनाएको हो ।

संघले विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीहरुले नयाँ भाडादर लागू गर्नका लागि गृहकार्य सुरु गरेको र नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट