दोहोरो नागरिकता लिने कञ्चनपुरका २ जना पक्राउ

प्रकाशित मिति: २० असार २०८०, बुधबार

कञ्चनपुर । प्रहरीले दोहोरो नागरिकता लिएको अभियोगमा कञ्चनपुरका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

प्रहरीका अनुसार कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट