असार १४ गते देशैभर सार्वजनिक बिदा

प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

काठमाडौं । गृह मन्त्रालयले इदका अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै असार १४ गते इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर इद परेकाले सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ। मुस्लिम समुदायले रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने गर्दछन् ।

यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेर एकापसमा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउँने गर्दछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट