देशभर असार १ देखि वर्षा हुने मौसमविदको अनुमान

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । मौसमविद्हरूले नेपालमा १३ जुन (जेठ ३०) बाट मात्रै मनसुन प्रवेश हुने भएकाले देशभर अझै केही दिन गर्मी हुने बताएका छन् ।

मनसुन १३ जुनमा नेपाल प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ।

देशभर बढेको अधिकतम तापक्रम तत्काल घट्ने सम्भावना नरहेको बताउँदै मौसमविद्हरूले असार १ गतेदेखि भने देशभर वर्षा हुने जानकारी दिएका छन् ।

मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् ।

मनसुन अहिले भारतको केरला आइपुगेको छ। यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को अनुमान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट