विदेशबाट फर्किएकाहरुको सञ्जाल (फोटोसहित)

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

रेनु कार्की

मकवानपुर । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषदले २०८० जेठ १३ गते विदेशबाट फर्किएकाहरुको रिटर्नी संजाल विभाग गठन गरेको छ । बागमति प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको एक भब्य भेलाले बागमति प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट रिटर्नीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विदेशबाट फर्किएका जनशक्ति अब देश निर्माणमा लाग्नुपर्ने र त्यसका लागि बागमति प्रदेश सरकार सदैव हातेमालो गर्न तयार रहेको जानकारी दिए ।

प्रदेश युवा परिषद बागमतिका उपाध्यक्ष एवम् भेलाका सभापति सन्तोष चौलागाईले विदेशमा आर्जन गरेको ज्ञान, पूजी र सिप अब देश निर्माणमा लगाउनुपर्न र देशको आर्थिक उन्नतिमा रिटर्नीहरुको महत्वपूर्ण भूमिका रहने कुरालाई मध्यनजर गर्दै विदेशबाट फर्किएकाहरुको संजाल निर्माण गरिएको बताए । वैदेशिक रोजगारबाट फर्किएका विभिन्न जिल्ला प्रतिनिधिहरुले राखेको जिज्ञासाहरुको जवाफ पनि उपाध्यक्ष चौलागाईले दिएका थिए ।

रिटर्नी संजालका अभियन्ता एवम् अभिमूखिकरण प्रशिक्षक लक्ष्मी आचार्यले रिटर्नी को हुन् ? रिटर्नीहरुको वर्तमान अवस्था र रिटर्नी संजालको आवश्यकता बारेमा कार्यक्रममा प्रकाश पारेका थिए । प्रशिक्षक आचार्यले उपस्थित प्रतिनिधिहरुलाई अभिमूखिकरण र परिचालन सम्बन्धी प्रशिक्षण समेत दिएका थिए ।

भेलाले २६ सदस्यीय रिटर्नी संजाल समेत गठन गरेको थिए । हरि खत्रीको अध्यक्षतामा गठन भएको कमिटिमा उपाध्यक्ष बसन्त भण्डारी र शकुन्तला खतिवडा, सचिव सविन के.सी., सह-सचिव ईन्द्र प्रसाद न्यौपाने, कोषाध्यक्ष लेखनाथ पौड्याल लगायत अन्य सदस्यहरु रहेका छन् ।
रिटर्नी अभियन्ता कृष्ण घोरासैनीको कार्यक्रम सहजिकरणमा मुख्य भूमिका रहेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट