अबका तीन दिनसम्म देशभर बदली र वर्षा हुने

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षा हुने जानकारी दिएको हो । आजदेखि दुई/तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुने तर, लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट