छायाँकार बस्नेत सम्मानित

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

काठमाडौं। छायाँकार अशोक कुमार बस्नेत सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनमा कार्यरत बस्नेतलाई टेलिभिजन तथा मनोरंजन उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत उक्त सम्मान प्रदान गरिएको हो ।

ब्राण्ड यु पिक्चर्स प्रा.लि. र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोबल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’को ५२औँ भाग पुगेको अवसरमा एक कार्यक्रम गरी विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

उपराष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले बस्नेतलाई सम्मान गरेका थिए। कार्यक्रममा ब्राण्ड यु पिक्चर्स प्रा.लि. र तारकेश्वर कला प्रतिष्ठानका प्रमुख एवं वरिष्ठ कलाकार उत्तम केसी, ग्लोबल टिभीका प्रमुख प्रभुराम श्रेष्ठ तथा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धारा भुषाल, अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्यदेवी लगायत टेलिचलचित्रमा आबद्ध कलाकार, प्राविधिकहरुलाई पनि सम्मान गरिएको थियो । (रेनु कार्की)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट