चिनी निर्यातमा भारतले लगायो प्रतिबन्ध, मूल्य बढ्ने

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार

काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

भारतले जुन १ अर्थात जेठ १८ गतेदेखि अक्टोबर ३१ सम्मका लागि चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले अबका चार महिनासम्म चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल भारतलगायतका मुलुकमा चिनीमा परनिर्भर रहँदै आएको छ । भारतले लगाएको चिनी निर्यातमा प्रतिबन्धको असर नेपाली बजारमा पर्ने भएको छ । भारत धुलो चिनीको सबैभन्दा ठूलो उत्पादक र ब्राजिल पछि दोस्रो ठूलो निर्यातकर्ता देश हो ।

केही दिन अघि फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको भारतले गहुँ निकासीमा समेत प्रतिबन्ध लगाएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट