सस्तिन थाल्यो कुखुराको मासु

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएसँगै कुखुराको मासुको मूल्य घट्न थालेको छ ।

चुनावका कारण मासुको माग ह्वात्तै बढ्दा एक साताअघि कुखुराको तयारी मासुको मूल्य प्रतिकेजी ४१० रुपैयाँसम्म पुगेको थियो । चुनावका कारण किसानले उत्पादन गरेको कुखुरा गाउँमै खपत हुन थालेपछि संघले मासुको मूल्य बढाएको थियो।

कुखुराको मूल्य गाउँमा नै बढेपछि शहर-बजारमा आइपुग्ने कुखुराको मूल्य पनि बढाएको संघको भनाइ छ। चुनावी चहलपहल विस्तारै कम हुन थालेपछि कुखुराको मासुको मूल्य पनि घट्न थालेको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जेठ ५ गतेदेखि बजारमा लागु हुने गरी जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी १० रुपैयाँ घटाएर तीन सय रुपैयाँ र तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३९५ रुपैयाँ कायम गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट