जेठदेखि बैंकहरु शुक्रबार पूरा समय खुल्ने

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

काठमाडौं । आगामी जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा हुने भएपछि बैंकिङ्ग समय पनि परिवर्त हुने भएको छ।

सरकारले आगामी जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएपछि नेपाल राष्ट्र बैंकले सोहीअनुसार काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।

तोकिएका दिनबाहेक जेठ १ देखि बैंकहरु बिहान ९ः३० बजे नै खुलेर अपराह्न ४ः०० सम्म सेवा प्रदान गर्नेछन्। यद्यपि कार्यालय समय भने बिहान ९ः३० देखि अपराह्न ५ः३० बजे कायम हुनेछ। बैंकहरु शुक्रबार पूरा समय खुल्ने तथा शनिबार र आइतबार बन्द रहनेछन् ।

कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान ९ः३० बजे खुलेर बैंकहरु अपराह्न ३ः३० मा बन्द हुनेछन्। यो अवधिमा कार्यालय समय भने ९ः३० देखि अपराह्न ४ः३० सम्म हुनेछ। यसैगरी दशैँ तिहारको सार्वजानिक बिदाबाहेक अन्य बिदा दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सिमित कर्मचारी खटाएर बैंकिङ्ग सेवा उपलब्ध गराउनुपर्ने छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट