आइतबार पनि सार्वजनिक बिदा दिन र सवारीमा जोर-बिजोर लागू गर्न निगमको माग

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलवार

काठमाडौं। इन्धन मूल्यवृद्धिको मारबाट निगमलाई जोगाउन नेपाल आयल निगमले अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।

निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै देशको आयात घटाउनका लागि सवारीमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको हो ।

अहिले देशको आर्थिक अवस्था खस्केको र तेल आयातले ठूलो मात्रामा पैसा विदेश पठाउन परेको कुरालाई ध्यानमा राख्दै निगमले सार्वजनिक तथा सरकारी सवारीसाधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी शनिबारसँगै आइतबार पनि बिदा दिन प्रस्ताव गरेको हो ।

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारीसाधनमा जोर-बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको बताए ।

प्रवक्ता उपाध्यायले भने, ‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण देशलाई जोगाउन पनि शनिबार र आइतबार सार्वजनिक बिदा तथा सवारीसाधनमा जोर-बिजोर लागू गर्नु पर्ने देखियो।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट