क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो फोटो मिसयुज गरिएको भन्दै प्रियंका पुगिन् प्रहरी कहाँ

प्रकाशित मिति: ६ चैत्र २०७८, आईतवार

काठमाडौं । नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेको भन्दै बयान लिएको छ।

नेपाल राष्ट्र बैँकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हुने भन्दै नगर्न सबैलाई चेतावनी दिइरहेका बेला अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ‘क्रिप्टोकरेन्सीमा आफूले पनि लगानी गरेको र अरुलाई पनि लगानी गर्नुस् भनेकी थिइन् ।

आइतबार दिउँसो बयान दिन अपराध अनुसन्धान ब्युरो पुगेकी नायिका प्रियंकाले भने क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरेकी छन् ।

क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंकाले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

प्रियंकाले भनिन्,‘मेरो फोटो मिसयुज गरेर क्रिप्टोकरेन्सीको विज्ञापन बनाइएको रहेछ । दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै उजुरी दिएकी छु, मलाई कसैले बोलाएको होइन । प्रहरीलाई छानबिनमा सघाउन र उजुरी दिन आएकी हुँ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट