निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

प्रकाशित मिति: २ चैत्र २०७८, बुधबार

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर दुई सय अमेरिकी डलर वृद्धि गरिएको छ।

निगमले खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढाएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट