निगमले फेरि बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले  पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

बढाएको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ भने अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत राखिएको निगमले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट