तोलाको ९७ हजार पुग्यो सुन, चाँदीको मूल्य पनि बढ्यो

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ पुगेको छ ।

सोमबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेको हो ।

नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट