निजी डेरीले दूधको मूल्य १० रुपैयाँ बढायो

प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार

काठमाडौं । निजी क्षेत्रका दुध बिक्री गर्ने डेरीहरुले पनि दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्ने घोषणा गरेका छन् ।

डीडीसीले दूधको मूल्य बढाएको भन्दै निजी डेरीले पनि दूधको मूल्य बढाउने भएका हुन्। शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको जानकारी दिए ।

बढेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर दूधको मूल्य ८६ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट