मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य

प्रकाशित मिति: २० पुष २०७८, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । अंग्रेजी वर्ष २०२२ लागेपछि आज पहिलो पटक सुनको मूल्य एकैदिन ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९०० रुपैयाँले घटेको हो। सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तोलाको १ हजार २५० रुपैयाँ तोकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट