ख्रीष्टमस मनाइँदै गर्दा !

प्रकाशित मिति: ९ पुष २०७८, शुक्रबार

सदा झैँ यो वर्ष पनि विश्वभरका ख्रीष्टियानहरू तथा अन्यहरूले पनि डिसेम्बर २५ मा ख्रीष्टमस आ-आफ्नो घर तथा चर्चहरूमा हर्ष र खुसीका साथ मनाइरहेका छन। आज भन्दा लगभग २००० वर्ष अगाडि मानव मुत्तिको लागि यस धर्तीमा जन्म लिनुभएका येशू ख्रीष्टको जन्मदिनलाई ख्रीष्टमसको रुपमा हरेक वर्ष डिसेम्बर २५ मा संसारभर मनाइने गरिन्छ ।

विश्वका धेरै मानिसहरूले मनाइरहेको ख्रीष्टमस यानिकी प्रभु येशू ख्रीष्टको जन्मदिनको वास्तविक आत्मिक अर्थ र कारणहरूको बारेमा आज छोटकरीमा हेरौँ ।

ख्रीष्टमस भन्नाले येशू ख्रीष्टको जन्म उत्सव हो । येशू ख्रीष्ट भन्नाले परमेश्वरको एकमात्र पुत्र अनि परमेश्वर भन्नाले सारा ब्रह्माण्डका सृष्टिकर्ता एकमात्र जीवित परमेश्वर जो सर्वज्ञानि‚ सर्वव्यापी‚ र सर्वशक्तिमान् हुनुहुन्छ। जो प्रेमले भरिएको हुनुहुन्छ। जसले पापीलाई प्रेम गर्नुहुन्छ तर पापलाई घृणा गर्नुहुन्छ । आजभन्दा करिब २००० वर्ष अगाडि मानिसको रुपमा यस धर्तीमा जन्मिनु भयको उनै येशू ख्रीष्टको जन्मदिनलाई ख्रीष्टमस भनिन्छ ।

ख्रीष्टमसको अर्थ र ख्रीष्टमस मनाउनुको कारणहरू :

१) परमेश्वरले उहाको महान प्रेम मानव जातिमा प्रकट गर्नुभएको दिन : विश्वको इतिहासलाई हेर्दा इतिहास दुई भागमा विभाजन भएको पाइन्छ र यो कुरा कसैले नकार्न सक्दैन । कहाँनेर र कहिले देखि विभाजन भयो भनेर हेर्दा येशू ख्रीष्टको जन्मको समयदेखि । यसले के कुराको पुष्टि गर्दछ भने येशू ख्रीष्ट आजभन्दा लगभग २००० वर्ष अगाडि यस पृथ्वीमा जन्मनुभएको निश्चित रुपमा साचो हो। यसरी परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस धर्तीमा पठाउनु भएर आफ्नो महान प्रेम मानव जातिलाई प्रकट गर्नुभएको दिन ख्रीष्टमसको दिन हो।

२) मानव जातिको लागि मुत्तिको ढोका खोलिएको दिन : आदम र हव्वा पथम मानिसको अनाज्ञाकारिता पछि मानिसले आत्मिक मृत्युको बाटो जानुपर्ने भयो । किनकी आत्मिक नियमअनुसार‘। पापको ज्याला मृत्यु हो। मानिसले पाप गरेपछि मृत्युको सुरुभयो। तर यदि आदम र हव्वाले पाप नगरेको भए मानिसको मृत्यु हुनुपर्ने थिएन। तर प्रेमको परमेश्वरले हामीमाथि यस्तो प्रेम गर्नुभयो कि उहाँको एकमात्र पुत्रलाई हाम्रो निम्ति दिनुभयो र प्रभु येशू ख्रीष्टलाई यस पृथ्वीमा पठाउनुभएर हाम्रो लागि मुत्तिको बाटो खोलिदिनु भयो ।

३) मानव जातिको लागि स्वर्गको ढोका खोलिएको दिन : आत्मिक नियम अनुसार ‘किनकि पापको ज्याला मृत्यु हो‚ तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो । यहा मृत्यु भन्नाले अनन्त मृत्यु। मानिसको प्राणले छाडेपछि शरीर केही होइन तर आत्मा भने कहिल्यै मर्दैन । र आत्माको जाने ठाँउ भनेको कि त स्वर्ग कि त नरक । पाप गरेको छ भने नरक र धार्मिकता गरेको छ भने स्वर्ग। तर हामीले त निश्चयनै पाप गरेका छौ र हामी मृत्युमा जादै थियौ तर परमेश्वर प्रेम हुनुभएको कारण हामीलाई यतिकै मृत्युमा जान दिनुभएन तर प्रभु येशू ख्रीष्टलाई यस पृथ्वीमा पठाउनुभएर स्वर्गको ढोका खोलिदिनुभयो त्यो दिन ।

अब येशू ख्रीष्टले कसरी किन हामीलाई मुत्ति दिनुभयो भन्ने जिज्ञासा हुनसक्छ । त्यस बारेमा पछि कुरा गरौला । यसरी ख्रीष्टमसको अर्थ र कारणहरू बुझेर प्रार्थना र आराधना साथै प्रशंसा साथ ख्रीष्टमस मनाउँदा अझै परमेश्वरले आशिष दिनुहुनेछ ।

यहाँहरू सबैमा ख्रीष्टमसको शुभकामना।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट