कृषि विकास बैंकको बुक क्लोज मिति तय, कति प्रतिशत दिन्छ लाभांश ?

प्रकाशित मिति: ८ पुष २०७८, बिहीबार

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र लाभांश वितरण गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते बिहान ११ बजे बैंकको केन्द्रिय तालिम केन्द्र बोडे भक्तपुरबाट र्भच्युअल माध्यबाट १५औँ वार्षिक साधारण सभा बोलाएको हो।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश पारित गर्नेछ। बैंकको अधिकृत पूँजी तथा जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीहरुमा संशोधन गर्न सम्बन्धमा प्रस्ताव समेत पारित गर्नेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट