प्राइमको साधारण सभा पुष ६ मा

नगद र लाभांश कति प्रतिशत दिने ?

प्रकाशित मिति: १२ मंसिर २०७८, आईतवार

काठमाडौं । प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको पुष ६ गते हुने १४औँ वार्षिक साधारण सभाले बैंकको गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिन प्रस्ताव गरिएको १६.६३१५ लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश पारित गर्नेछ। लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ।

साधारण सभा बैंकको मुख्य कार्यालय कमलपोखरीमा बिहान ११ बजेदेखि सुरु हुने र साधारण सभामा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुन चाहने शेयरधनीलाई पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ। बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अजेन्डा पनि छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट