१६ सय रुपैयाँले सस्तियो सुन, कति पुग्यो तोलाको ?

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलवार

काठमाडौं । मंगलबार सुन तोलाको १६ सय रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मुल्य घटेकाले नेपाली बजारमा पनि मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज मंगलबार १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट