दियालो फुडल्याण्डको नयाँ शाखा तार्केश्वरमा

प्रकाशित मिति: ५ मंसिर २०७८, आईतवार

काठमाडौं । दियालो फुडल्याण्ड रेष्टुरेन्ट तथा पार्टी प्यालेसले तार्केश्वर वडा न. ११ स्थिति शेषमति पुल नजिकै आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मङ्सिर ४ गते शनिबार एक विशेष समारोहका बीच काठमाडौं जिल्ला क्षेत्र न. ६ का सभासद् तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले पानसमा बत्ती बालेर दियालो फुडल्याण्डको उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले दियालो फुडल्याण्ड शेषमतिको सफलताको शुभकामना व्यक्त गरे । उनले व्यवसायिक सफलतासँगै दियालोले स्थानीयलाई रोजगार र स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिँदै दियालो केन्द्र बसुन्धारा, दियालो फुडल्याण्ड बुटवल, दियालो फुडल्याण्ड चितवन, दियालो फुडल्याण्ड शेषमतिका साथै दियालो फुडल्याण्ड देशब्यापी रुपमा फैलियोस् भन्ने शुभकामना समेत दिएका थिए।

समारोहमा विशेष अतिथिका रुपमा दियालो ग्रुपका अभिभावक एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईंले दियालोको शाखा विस्तारले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने आशा बोक्दै सफतलाको शुभकामना दिएका थिए ।

कार्यक्रममा लायन्सका तर्फबाट लायन उद्धवराज तिमल्सिना र तार्केश्वर नपाका तर्फबाट वडा न. २ का वडाध्यक्ष रबिन्द्र केसीले शुभकामान दिएका थिए । कार्यक्रममा तार्केश्वर न.पा वडा न. १,२,३,४,६ र ११ का वडा अध्यक्षहरुको आतिथ्यताका साथै कलाकार उत्तम के सी, कांगेस नेता बिष्णु भक्त तिमल्सिना, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी अगुवाहरु, नगरपालीकाका शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेको पनि उपस्तिथी रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट