फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य

प्रकाशित मिति: १३ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरेर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

यता आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुगेको छ ।

निगमले जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट