काठमाडौंमा आजदेखि खसी बोकाको बिक्री सुरु

प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि सुपथ मूल्यमा खसी बोकाको बिक्री सुरु गरेको छ।

खाद्य संस्थानको थापाथलीमा रहेको प्रधान कार्यालयबाट दशैँका लागि खसी बोका बिक्री सुरु गरिएको हो । खाद्यले खसी बोकाको खरिद मूल्य प्रतिकिलो अधिकतम पाँच सय ६५ रुपैयाँ तोकेको छ भने बिक्री मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ निर्धारण गरेको छ ।

खाद्यले शनिबार बिहान मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका काठमाडौं भित्र्याएको छ। यस वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसी बोका काठमाडौं ल्याउने तयारी गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट