सेल्स एण्ड मार्केटिंगको क्षमता अभिवृद्धि हुने

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार

काठमाडौं। विश्वब्यापि कोरोना महामारीले हरेक क्षेत्रको जनजीवन प्रभावित गरेको भए पनि समय सापेक्ष रुपमा समाजका सबै जनजीवनका क्षेत्रहरु आ–आफ्नो विकासमा लागि परेका छन् ।

यसै क्रममा नेपाल बजार बिक्री प्रतिनिधी संघले पनि आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि तथा व्यक्तिक विकासका लागि ‘एनटिपी टुरिजम अफयर्स कलेज’सँग सहकार्य गरेको छ । आज काठमाडौंमा उक्त कलेज र संघ बिच भएको एक सहमति अनुरुप अब नेपाल बजार बिक्री प्रतिनिधी संघका सदस्य र तीनका एकाघरमा आश्रीत पारिवारिक सदस्यहरुले उक्त कलेजमा अध्ययन अध्यापन गरिने शैक्षिक कार्यक्रमहरुमा नियमानुसार भर्ना भई अध्ययन गर्दा विशेष सहुलियत उपलब्ध गराईने भएको छ ।

झण्डै एक दशकदेखि सञ्चालनमा रहेको यस कलेजका शैक्षिक कार्यक्रमहरु थाईल्याण्डको श्रीपातुम विश्व–विद्यालयसँगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिभुवन विश्व–विद्यालयबाट सम्बन्धित विषयमा समकक्षताको मान्यता प्राप्त गरेको छ ।

काठमाडौंको डिल्लीबजारस्थित सञ्चालनमा रहेको यस एनटिपी टुरिजम अफयर्स कलेजले स्नातलक तहमा होटल म्यानेजमेन्ट तथा स्नाकोत्तर तहमा एमबिए शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दछ । कलेजले नेपाल नै पहिलो पटक स्ट्राटेजिक मार्केटिंग विषयमा स्नाकोत्तर तहको ब्यापार ब्यवस्थापन (एमबिए) शैक्षिक कार्यक्रम सञ्चालन गर्दछ ।

स्ट्राटेजिक मार्केटिंगलाई शुद्ध नेपालीमा भन्नु पर्दा रणनितिक बजारीकरण वा बजार ब्यवस्थापन हुन्छ । उच्च शिक्षामा यस्तो किसिमको विशिष्टकृत अध्ययन अध्यापनले विभिन्न शैक्षिक तथा सामाजिक पृष्ठभूमिबाट विविध वस्तु तथा सामाग्रीहरुको बजार तथा बिक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिवृद्धि हुनुका साथै पेशालाई नै ब्यावसायिक र मयार्दित बनाउन मद्दत पुग्ने कुरा सो समारोहलाई सम्बोधन गर्ने वक्ताहरुको रहेको थियो ।

कलेजसँगको सहकार्यले बिक्री वितरण पेशाकर्मीहरुको व्यक्तिक विकासमा ठुलो सहयोग पुग्ने कुरामा आफु बिश्वस्त रहेको कुरा संघका केन्द्रिय अध्यक्ष सुर्य प्रसाद पराजुलीले आज राजधानीमा आयोजित समारोहमा बताए । बजारीकरण हाम्रो समाजको पुरानो पेशा भए पनि पेशाकर्मीहरु नै एक किसीमले अदृश्य रुपमा रहेको बजार र बिक्री कर्मलाई यस्तो किसीमको प्राज्ञिक सहभागिताले विशिष्टकृत र वैज्ञानिक बनाउँदै लैजानु पर्नेमा उक्त कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले जोड दिए ।

यस सम्बन्धमा अन्य विस्तृत जानकारीका लागि फोन नं. ०१- ४४४२०९८, वा ४४४२७२२ बाट प्राप्त गर्न सकिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट